मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता

एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुनगुनाउन थाल्छिन्, '...मै छोरी सुन्दरी, कसरी भरुँ पानी...!', आफ्नी विदेशी श्रीमतीको अबोधपन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रूपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँछन् र समयको रङ्गीन कलेबरमा अनायसै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्छन् । जीवनमा समयहरू एकप्रकारले महत्त्वपूर्ण…