लडाकुलाई सेना बनाउन निर्णायक पहल

प्रधानसेनापतिको प्रतिवेदन विवादमा पाँच वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने लडाकु व्यवस्थापन कार्य संविधानसभाको कार्यकाल सम्पूर्ण रूपले समाप्त हुन साढे तीन महिनाभन्दा कम समय बाँकी रहँदा माओवादी नेतृत्व उक्त कार्यका लागि केही तत्पर भएको देखिएको छ । शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन लडाकु व्यवस्थापन गर्नैपर्ने चौतर्फी दबाब पैदा भएपछि माओवादी नेताहरू लडाकुलाई सेनामा प्रवेश गराउन बाध्य भएका हुन् ।…