- बज्र कुमार राई, एउटा घर थियो आमाबाउ थिए साखासन्तान थिए माया,ममता,प्रेम्,स्नेह थियो आदर, सत्कार थियो जन्म र जातको संस्कार थियो आस्था,बिश्वास र साथ थियो त्यसैभित्र 'म' थिएँ- एउटा भाग्यशाली मान्छे। एउटा आफ्नै समाज थियो एकढिक्का बल थियो दुःखसुखमा शाहस थियो सहानुभूति थियो त्यसैभित्र 'म' थिएँ- एउटा उत्साही मान्छे। एउटा भावना थियो बेदाग संबन्ध थियो…