अर्घाखाँचीका कुमालमाथि दृष्टि पुग्ने कहिले ?– मुक्तिनाथ भुसाल

पछिल्लो जनगणनाअनुसार करिब दुई लाख जनसङ्ख्या रहेको अर्घाखाँचीमा १० हजारभन्दा बढी कुमाल जनसङ्ख्या रहेको तथ्याङ्क पाइन्छ । सुरुको सदरमुकाम जिल्लाको नरपानीबाट ०३२ सालमा सन्धिखर्कमा आउँदै गर्दा कुमालको अधिक बाहुल्य रहेको थियो । सन्धिखर्कमा सदरमुकाम आएपश्चात् तत्कालीन चलाख तथा पढेलेखेका व्यक्तिले सोझा कुमाललाई फकाएर, धम्क्याएर वा मानापाथी तथा धेरथोर पैसा दिएर गतिला जमिनबाट सन्धिखर्कको छेउँटुप्पा तथा…