बोर्डन, बेलायत । नेपालका दुई युवा क्रिकेटरहरु राजु रिजाल र दीपेन्द्र सिंह ऐरीलाई विश्वकै पुरानो टिम बेलायतको मेर्लीबर्न क्रिकेट क्लबले आमन्त्रण गरेको छ । नेपाली यु–१९ राष्ट्रिय टिमका कप्तान राजु र यु–१९ कै खेलाडी दीपेन्द्रलाई बेलायतको मेर्लीबर्न क्रिकेट क्लबले प्रशिक्षणमा सहभागी गराउन बोलाएको छ । आगामी १ अप्रिलदेखि ६ महिना सेप्टेम्बर १ तारिखसम्मका लागि दुई…