लण्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फ्रेन्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल ग्रुपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनविच काउन्सिलबाट सो अवार्ड प्रदान भएको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित समावेशी र सहयोगमूलक सेवा उपलब्ध गराएवापत नीम ट्रीले अवार्ड पाएको हो । स्थानीय काउन्सिलबाट प्रदान गरिएको सो अवार्डलाई बेलायत सरकारको स्वास्थ्य…