०५३/५४ तिर जाजरकोट खलङ्गाको सुरुमै रहेको एउटा प्राथमिक स्कुलअगाडि एक चौतारामा सधैँजसो जमदार चक्रविक्रम खाँण गफिँदै बस्दथे । उनी सायदै एक्लै हुन्थे, त्यहाँबाट धेरै–धेरै तल भेरीको किनारतिर नियाल्दै उसबेलाका कुराहरू गर्ने समयमा । आफ्नो पन्ध्रवर्षे अवधि बिताएर आउने खलङ्गामा एउटै व्यक्ति थिए जमदार चक्रविक्रम खाँण । अन्यत्रजस्तै जाजरकोटमा पनि केही भूपू गुर्खा खाली हात नै…