यस्तो किन भयो ?

संविधान जारी भएलगत्तै अघोषित नाकाबन्दी भएपछि मुलुकमा अनेक प्रतिक्रिया देखिएका छन् । नेपालीको राष्ट्रवाद छताछुल्ल भएको छ, जे–जे परे पनि सहने, तर कसैको सामु नझुक्ने भन्ने टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । आखिर किन यस्तो भयो या भइरहेको छ भन्नेतर्फ भने सोचिएको छैन । मुलुकलाई यो अवस्थासम्म पु-याउनुमा नेपाली नेताबाहेक अरूको कम हात रहेको छ ।…