नेपालका लागि छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरी गत शनिबार काठमाडौं आइपुग्नुभएको छ । सोमबारदेखि कार्यभार सम्हाल्ने गरी आउनुभएका राजदूत पुरीले हिजो आइतबार शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाउनुभयो । राष्ट्रपति भण्डारीलाई प्रमाणपत्र बुझाउन जाँदा राजदूत पुरीलाई काठमाडौंस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । ओहोदाको प्रमाणपत्र…