वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमतिप्राप्त टेक्सास पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरले जनही दस लाख लिएर नेपाली कामदार पोल्यान्ड पठाउन थालेको छ, जब कि नेपालको कानुनअनुसार यो अवैध हो । इजाजत प्राप्त म्यानपावर कम्पनीले मात्रै कामदार वैदेशिक रोजगारीमा पठाउन पाउने वैदेशिक रोजगार ऐन र नियमावली २०६४ मा छ । ताम्राकार थरका सञ्चालकले गत…