संविधान संशोधनको मामला कचपल्टिरहेको र मुलुक तीव्र ध्रुवीकरणमा गएको अनुभूति भइरहेको परिवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट बुधबार जारी गरिएको विज्ञप्तिले नयाँ तरंग पैदा गरेको छ । कुनै विशेष अवसरमा मात्र आफ्नो सन्देश सार्वजनिक गर्दै आएका पूर्वराजाले अकस्मात विज्ञप्ति जारी गरेर देशको अवस्थाप्रति चिन्ता प्रकट गर्नुलाई खास कोणबाट टिकाटिप्पणी र विश्लेषण गरिँदैछ । पूर्वराजाद्वारा जारी विज्ञप्तिमा दिनानूदिन…