पाँच नम्बर प्रदेश र आसपासमा मात्र केन्द्रित रहेको राष्ट्रवादी सङ्घर्षलाई देशव्यापी बनाउने योजना नेकपा एमालेले तर्जुमा गरेको छ । संविधान संशोधन र संशोधनका एजेण्डाप्रति सम्पूर्ण रूपले असहमत एमाले पाँच नम्बर नाम दिइएको प्रदेशमा उर्लिएको जनसागरबाट उत्साहित भएको छ र सङ्घर्षलाई देशव्यापी बनाउने निष्कर्षमा उक्त दल पुगेको छ । संशोधन प्रस्तावप्रति असहमति जनाएर संसद् अवरुद्ध तुल्याउँदै…