सङ्गठन सुदृढीकरणमा सभापति केन्द्रित नेपाली कांग्रेस सत्ताको खेलबाट मुक्तप्राय: रहँदै आन्तरिक सङ्गठन सुदृढीकरणमा केन्द्रित भएको छ । गत वैशाखमा सरकार परिवर्तन गर्न भएको प्रयास प्रचण्डले धोखा दिएका कारण सफल नभएपछि सभापति शेरबहादुर देउवा सङ्गठन सबलीकरणमा केन्द्रित हुनुभएको हो । उहाँ यतिबेला रिक्त केन्द्रीय सदस्यको पदपूर्ति र भ्रातृ सङ्गठनहरूको सम्मेलन गरी नेतृत्व चयन गराउन लागिपर्नुभएको छ…