कांग्रेस सभापति सुशील कोइराला आफ्नो हितका निम्ति कतिसम्म तल झर्न सक्छन् भन्ने कुराको अर्को एउटा उदाहरण सार्वजनिक भएको छ । आफैँले गठन गरेको समितिको प्रतिवेदन आफ्नो इच्छा र उद्देश्यअनुरूप नभएको ठान्दै सुशील कोइरालाले अस्वीकार गरेपछि उनको नियत उदाङ्ग भएको हो । तेह्रौँ महाधिवेशनमा जुटेको कांग्रेसमा पाँच वर्षभित्र दुई लाखभन्दा बढी नयाँ कार्यकर्ताले सक्रिय सदस्यताका लागि…