काठमाडौं । सरकारी वार्ता टोलीले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याई नाकाबन्दी खुलाउन नसकेपछि आमजनताले भोगिरहेको पीडा थप चर्किएको छ । यस गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने निर्णय गरेको छ । सरकारले कमल थापा नेतृत्वको वार्त टोलीमा सहभागी हुन कांग्रेसलाई आग्रह गर्दैआएकोमा उक्त प्रस्ताव…