पानीमाथिको ओभानो बन्ने एन्फाको दुस्साहस

-श्रीविक्रम भण्डारी सहिद स्मारक लिग फुटबललाई मिलोमतोले गाँजेपछि मौनता साँधेर बसेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले हालैै उक्त मौनतालाई तोड्ने प्रयास गरेको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई माध्यम बनाएर पानीमाथिको ओभानो बन्ने दुस्साहस गरेको छ । कहिल्यै विवादमा नपर्ने र प्रायः मिडियाबाट टाढा बस्ने खेलाडीको काँधमा बन्दुक राखेर किन अहिले फड्काउन खोजियो यो हरकतबाट सबै…