सामान्य परिवारमा जन्मिएका दीपक श्रेष्ठलाई कराते खेलाडी बन्छु भन्ने सामान्य हेक्कासमेत थिएन । अझ कराते खेलप्रति परिवारको नकारात्मक सोचले गर्दा उनको करातेसँग कुनै आकर्षण थिएन । १२ वर्षको उमेरमा फुटबलप्रति जागेको मोह नै दीपकका लागि करातेसम्म पुग्ने ‘सेतु’ बनेको थियो । रमाइलोका लागि अग्रज दाइहरूसँग बुद्धि विकास मण्डलको चौरमा फुटबल खेल्दाखेल्दै उनको साइनो करातेसँग जोडिएको…