-क्वान योङदल (कोरियन तेक्वान्दो प्रशिक्षक) नेपालमा तेक्वान्दो खेलको समग्र विकासका लागि कोरियन प्रशिक्षक क्वान योङदल विगत डेढ दशकदेखि अहोरात्र खटेर लागेका छन् । सन् १९९८ मा नेसनल पुलिस एकेडेमीको निमन्त्रणामा नेपाल आएका क्वानले त्यसपछि पुलिस क्लब र राष्ट्रिय तेक्वान्दो खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । पाकिस्तानमा सम्पन्न नवौँ सागमा तेक्वान्दोका मुख्य प्रशिक्षक रहेका क्वानले त्यसबेला…