प्रस्ताव नमान्दा नवनायिकाको हत्या

पोखरेली नायिका नेहा पुनको रहस्यमयी एवम् बीभत्स ढङ्गले हत्या भएपछि नेपाली चलचित्रकर्मीहरू त्रस्त र सरकारको सुरक्षा व्यवस्थाप्रति आक्रोशित छन् । वास्तविक नाम योरुना पुन मगर रहेकी १८ वर्षीया प्रतिभाशाली अभिनेत्री नेहाले केही मातृभाषी (मगर भाषाका) चलचित्रमा अभिनय गरेकी छिन् । गत साता पोखरास्थित उनकै निवासस्थलभन्दा चार सय मिटर पर बीभत्स अवस्थामा नेहाको शव भेटिएको थियो…