चितवनमा रेखामाथि गुण्डाहरूको आक्रमण

-राजन घिमिरे अहिलेकी व्यस्ततम् चर्चित अनि सफल नायिका रेखा थापा आइतबार दिउँसोको समयमा चितवनको बजारमा हिँड्दै थिइन् । उनी कहाँ जान लागेकी थिइन् - कसैलाई पत्तो थिएन । कोही राम्री केटी बाटोमा देखियो भने त सिठ्ठी बजाउने अनि आँखा झिम्क्याउनेहरूको ठूलै भीड लाग्छ भने त्यहाँमाथि चिरिचट्ट परेर हिँडेकी सुन्दरी नायिका रेखालाई देख्नेबित्तिकै आवारा केटाहरूको मनमा…