करिब १८ वर्षअघिको कुरा हो । पङ्क्तिकार सिन्धुपाल्चोक, नुवाकोटलगायतका पहाडहरूमा चेलीबेटी बेचविखनविरुद्ध अभियान चाल्दै थियो । काठमाडौंबाट एकपटक सिन्धुपाल्चोक जानुपर्ने भयो । निसान कम्पनीका जापानी पिकअप मोटरहरू प्रहरीमा थुपै्र किनिएका थिए । मैले माथिल्लो हाकिमसँग पिकअप लिएर काठमाडौंबाट सिन्धुपाल्चोक जाने इच्छा व्यक्त गरेँ । उहाँले नयाँ पिकअप दिन मान्नुभएन, कुनै थोत्रो गाडी लिएर जान भन्नुभयो…