दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अर्थहीनताको कसौटीमा खडा भएको छ । भारतका लागि यो प्रतियोगिताले कुनै अर्थ राख्दैन भने नेपाललगायत अन्य दक्षिण एसियाली मुलुकका लागि निकै महत्व राख्छ । त्यसैले भारतबाहेक अन्य मुलुकले सागलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । उनीहरूले सागलाई दक्षिण एसियाली राष्ट्रको ‘ओलम्पिक’को संज्ञासमेत दिएका छन् । ती राष्ट्रहरूले आफ्नो वास्तविक…