खेलकुद ऐन र खेलकुदमन्त्रीको क्षमता

वर्तमान मन्त्रीपरिषदमा सबैभन्दा असफल र विवादित मन्त्रीका रूपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम् पौडेलको नाम अग्रपङ्क्तिमा आउँछ । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै विवाद र बखेडामै समय खर्चेका पौडेलले अहिले पनि यो क्रमलाई जारी राखेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालाई हटाउनेदेखि नेपाल क्रिकेट सङ्घमा धावा बोलेर विवादमा तानिएका मन्त्री पौडेलले अहिलेसम्म आफ्नो व्यवहारमा…