विश्व कम्युनिस्ट आन्दोलनमा झैँ नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि विभाजन र एकताको प्रक्रिया तीव्रतर रूपमा चलिरहेको छ । त्यसो त गैरमाक्र्सवादी पार्टीमा पनि विभाजन र एकता चलिरहेको हुन्छ, तर कम्युनिस्ट पार्टीभित्रको विभाजन गैरमाक्र्सवादी पार्टीको भन्दा फरक हुन्छ । र, त्यसलाई सैद्धान्तिक आवरण दिने प्रयास पनि हुने गर्छ । यस्तै विभाजनको चपेटामा क्रान्तिकारी कम्युनिस्ट पार्टी परेको छ…